तिमीले मलाई मैले तिमीलाई नचिनेको होइन
तिम्रा लागि म मेरो लागि तिमी पर्याय भएका छौ जीवनको
यो मलाई थाहा छ, तिमीलाई जसरी नै
तर आज सास फेर्न हावा पनि पुग्न छोड्यो किन ?
यतिबेला थोरै निकास देउ अघी बढ्न
मलाई अलिकती आश देउ अघी बढ्न
बिरक्तीले छोप्दा मैले सम्झिने तिमीलाई नै हो
आँखाभरी आसुँ हुँदा हेर्ने तस्बिर तिम्रै हो
तर पनि तिमीसगै गुनासो छ कत्ती कत्ती
एकपल्ट आँखा भरी सपना देउ अघी बढ्न
अब अलिकती आट देउ अघी बढ्न ।
पुतलीको छमछम जस्तो हावाको गुन्जन जस्तो
फूलको मुस्कान जस्तो इन्द्रेनीको रमझम जस्तो
चन्द्रमा झै सितल अनी सफा सुन्दर आकाश जस्तो
बिन्ती मलाई एउटा सपना देउ अघी बढ्न
म यही रोकिन चाहन्न,
मलाई अलिकती आश देउ अघी बढ्न ।।
यतीबेला थोरै निकस देउ अघी बढ्न
अब अलिकती आट देउ अघी बढ्न ।
Pages
Friday, January 13
Wednesday, January 4
छुट्टी
त्यो आसक्तिलाई छुट्टी
त्यो अन्धभक्तिलाई छुट्टी
मैले जीवनको लामो समय तिम्रै आरधनामा बिताएँ
लाग्थ्यो तिमी जीवनको ज्योति हौ
तिमी नै सिर्जना, तिमी नै सरगम हौ
मैले तिमीले कुल्चेका घाउहरुलाई पनि प्रेम नै मानें
तिमीले बोलेको रुखो बोली पनि अमृत ठानें
मैले तिमी भनेर एक युग बाँचें
जीवन त्यति सस्तो कुरा होइन भनेर बुझ्न मलाई यत्ति लामो समय लाग्यो
यो शिक्षालाई सलाम !
मान्छे,
हाड छाला मासु, मुटु कलेजो रगतले बनेको मान्छे
मोहजालमा जेलिएको, काम क्रोध लोभको दास मान्छे
प्रेमको योग्य हुन्छ तर आसक्तिकोे योग्य हुँदैन, अन्धभक्तिको योग्य हुँदैन
त्यो भ्रमलाई छुट्टी
त्यो भ्रान्तिलाई छुट्टी
संसार तिमी भए पनि चल्छ, नभए पनि चल्छ
हो, मेरो संसार पनि ।
संसार तिमी भनेर बनेको होइन, तिमी भनेर चलेको होइन
तिमी यो संसारमा कसैको निम्ति सिंगै संसार भएर फेरि अर्थहीन पनि हुन्छौ उसकै निम्ति
धेरै कुरामा तिम्रो खटन चल्दा तिमीले त्यसको खटन गर्न जान्यौ जानेनौ तिमीलाई नै थाहा होला
तिमी केही समयको भ्रम, बाँकी समयको सत्य
तिमी न साधन, न साध्य
आफैंलाई बुज्रुक ठानेर
आफैंलाई के के न मानेर
तिमीले जति जति हृदयलाई कुल्चेको छौ र ती सबले तिमीलाई क्षमा गरेका छन्
तिनका निम्ति तिमी के अर्थ राख्छौ सोच
तिमीले रोएको आसु मैले पनि देखेको छु
हो, म तिमीलाई प्रेम गर्छु तर म आसक्त छैन अब
मेरो जीवन तिमी भए पनि उसैगरी चल्छ, नभए पनि उसैगरी चल्छ
दिन रात तिम्राबारे सोचेर आफैंलाई दुखाउनुको पीडा बाँचेको मान्छे म
तिमीले अमान्छेलाई जस्तो व्यवहार गरेर हाँस्दा आफैंलाई अमान्छे ठान्नेसम्म गल्ती गरेको मान्छे म
मैले मुक्ति लिएँ तिमीप्रतिको मोहजालबाट
अहिले म सुखी छु ।
जे सुरु हुन्छ त्यो अवस्य अन्त्य हुन्छ
तिमीले मान्छेलाई अल्झाउन जानेको छौ भन्दैमा
मनमौजी चलिनरहँदो रहेछ सधैंभरी
त्यसको प्रमाण म आफैं हुँ
अब तिमी मेरो राजा होइनौ
मेरोे देशमा मेरैै राज्य चल्छ
म कुनै टाउकेलाई स्वीकार्दिन
हाँसेर बाँच्छु, खुलेर बाँच्छु
तिम्रो नेतृत्वलाई छुट्टी
तिम्रो स्वार्थीपनलाई छुट्टी
तिमीलाई छुट्टी ।।

Subscribe to:
Posts (Atom)
labels
meh !!
- Pinchuu
- kathmandu, Nepal
- Dreams and imaginations inspire me. i talk to myself. i am never bored in my company :) i know life is a gift, so need to handle each moment with care, i am trying... your love will make it possible. God Bless us, God Bless All !!