Pages

Friday, January 13

मलाई सपना देउ अघी बढ्न

तिमीले मलाई मैले तिमीलाई नचिनेको होइन

तिम्रा लागि म मेरो लागि तिमी पर्याय भएका छौ जीवनको

यो मलाई थाहा छ, तिमीलाई जसरी नै

तर आज सास फेर्न हावा पनि पुग्न छोड्यो किन ?

यतिबेला थोरै निकास देउ अघी बढ्न

मलाई अलिकती आश देउ अघी बढ्न


बिरक्तीले छोप्दा मैले सम्झिने तिमीलाई नै हो

आँखाभरी आसुँ हुँदा हेर्ने तस्बिर तिम्रै हो

तर पनि तिमीसगै गुनासो छ कत्ती कत्ती

एकपल्ट आँखा भरी सपना देउ अघी बढ्न

अब अलिकती आट देउ अघी बढ्न ।


पुतलीको छमछम जस्तो हावाको गुन्जन जस्तो

फूलको मुस्कान जस्तो इन्द्रेनीको रमझम जस्तो

चन्द्रमा झै सितल अनी सफा सुन्दर आकाश जस्तो

बिन्ती मलाई एउटा सपना देउ अघी बढ्न

म यही रोकिन चाहन्न,

मलाई अलिकती आश देउ अघी बढ्न ।।

यतीबेला थोरै निकस देउ अघी बढ्न

अब अलिकती आट देउ अघी बढ्न ।

0 comments: