तिमी थियौ र पो फुल्थे सिर्जनाका पूmलहरु
फुट्थे सपनाका मूलहरु
अब तिमी छैनौ मसँग
अब रहेन सिर्जना ममा
अब देख्दिन म सपना कुनै
मैले देखेका रंगहरु धुमिल बने प्रिय
हराए उमंगहरु
अब फुल्दैनन् आशाका पूmलहरु
जल्दैनन् मुस्कानका दीपहरु
खुल्दैनन् सम्भावनाका ढोकाहरु
अहँ चल्दैन केही पनि पहिलेजस्तो
सकियो, सबै सकियो
तिमीसँगै टाढिए मेरा सारा खुशीहरु
अब एउटा शरीर मात्र छ
तर म निराश छैन
हरेक शिशिरपछि वसन्त आउँछ पलाउँछन् मुनाहरु
हरेक रातपछि दिन आउँछ चल्मलाउँछन् जीवनहरु
हरेक वर्षापछि सरद आउँछ मग्मगाउँछन् बागहरु
त्यसैले म आशावादी छु
मेरो जीवन पनि सधैं यस्तै रहनेछैन
केवल समयको कुरा हो
म तिमी बीनाको खुशी खुट्याउने प्रयास गर्दैछु
आज नासही भोलि
म फेरी उस्तै जिवन्त बन्नेछु
तिमी मेरो जीवनमा आउनु अघि जस्तै
मैले खुशीको परिभाषालाई सीमित गर्नुअघिजस्तै
जिवन्त, खुला, स्वतन्त्र अनि खुशी
म फेरि आपूm भएर बाँच्नेछु ।।
Pages
Wednesday, December 21
Subscribe to:
Posts (Atom)
labels
meh !!
- Pinchuu
- kathmandu, Nepal
- Dreams and imaginations inspire me. i talk to myself. i am never bored in my company :) i know life is a gift, so need to handle each moment with care, i am trying... your love will make it possible. God Bless us, God Bless All !!
