निर्लज्जताको पनि सीमा हुन्छ भन्छु म
ऊ स्वीकारदैन, आफूलाई झन् झन् नंग्याउछ
उसलाई थाहा हुनपर्ने नांगिनु सुन्दरता होइन
स्पष्टता वा स्वच्छता होइन
नांगिनु फोहोरी बन्नु हो
अझ प्रष्ट भन्दा दिमाग सड्कनु हो
ऊ आफूलाई स्वच्छन्दतावादी घोषणा गर्छ
उत्तर आधुनिक भएको ढोंग रच्छ
स्वच्छन्दताको, आधुनिकताको पनि परिधि हुन्छ भन्छु म
ऊ स्वीकारदैन, झन् झन् निर्लज्ज बन्छ।
हरेक व्यक्तिको आत्म सम्मान हुन्छ भन्छु म
ऊ स्वीकार्दैन अर्काको टाउकोमाथि पाइताला राख्छ।
उसले बुझनुपर्ने मानिसभित्रको संवेदना
भावना, कल्पना र सपनाको सम्मान गर्ने ज्ञान
जन्मजात लिई आएको हुनपर्ने
सायद जीवनक्रममा यी मानवीय गुण उसले त्यागेको हुँदो हो
ऊ मानिसलाई मांसपिड मात्र सोच्छ
आफू ईश्वर बाँकी निर्जिव ठान्छ
हरेक प्राणीभित्र आत्मा हुन्छ भन्छु म
उ स्वीकार्दैन झन् झन् हिंस्रक बन्छ।
Pages
labels
meh !!
- Pinchuu
- kathmandu, Nepal
- Dreams and imaginations inspire me. i talk to myself. i am never bored in my company :) i know life is a gift, so need to handle each moment with care, i am trying... your love will make it possible. God Bless us, God Bless All !!

0 comments:
Post a Comment