Pages

Tuesday, August 17

आजको दिन

तिमीले दिएको मायामा बाचेको छु सधैं
तिम्रै मुटुको माझमा फुलेको छु सधैं
अभाव केही छैन तिम्रो साथमा हुँदा
तिमी नरुनु है, शरीरको दूरी रहदा

आफ्ना सिर्जनामा मलाई बचाएर
मेरो अधुरो प्रेम अमर गराएर
मेरा गल्ती कमजोरी सुधारेर
सबथोक दियौ आफुमा अटाएर
म खुशी छु तिम्रो आफ्नो हुनुमा
दुखी नहुनु है, छोडेर गये म

एकदिन जानै पर्ने जिन्दगीको रीत
टाढा हुनै पर्ने अनन्त यो गीत
समयको सीमा जान्दैन मानिस
निरास नहुनु है, एक्लै यात्रा गर्दा

0 comments: