Pages

Friday, July 23

समर्पण

श्रद्धाले झुकेको यो शिर मेरो
तिम्रो हातको स्पर्शले
लाग्छ फूल्छ जीवन
पूर्णिमा झैं खुल्छ जीवन

आस्थाको मूर्ति तिमी
जति हेर्छु हेरिरहुँ लाग्ने
तिमीभित्रै हराउँ झैं लाग्ने
तिम्रो प्रेमको सीतलतामा
शान्ति छ, सुख श्रोत छ

प्रेरणाको श्रोत तिमी
आस्थाको देव तिमी
तिम्रो प्रेमको छहारीमा
लाग्छ झूल्छ जीवन
ढकमक्क फूल्छ जीवन

नजाउ टाढा कतै
तिमी नै हौ सपना मेरो
तिमी मै पूरा हुन्छ जीवन

1 comments:

naveen said...

..kati meetho..sabd chhaina masanga sachchi nai..yati ho dherai meetha sabda hruko sangalo ma janmiyeko yo meetho shreejana le mann bhitra ko naya umanga ma thap bharosha pradaa garyo..!! so sweet..!!!