Pages

Sunday, July 18

कबिता ५

कति कुरा मुखले नबोलेको राम्रो
कति भाव मुहारमा नपोतेको राम्रो
दुखेको टाउको अडाउन भन्दै
कसैको साथ नखोजेको राम्रो

यहाँ एउटा ले अर्को मान्छे बुझ्दैन
यहाँ आफ्नैको मनले नि न्याय गर्दैन
तिम्रो आशु देख्ने तिम्रै आँखा हुन्न
परायाको आशा नगेरेको राम्रो

सपनाहरु रोएको हेर्दै
कहिले आँफैलाई धिक्कार्यौ भने
एकैछिन खुशी मिल्दा फेरी
निदाएका सपना नजगाएको राम्रो

यहाँ बोल्नेले गर्दैन गर्नेले बोल्दैन
बोल्ने नै सुनिन्छ गर्ने देखिन्न
माथि पुग्ने रहर हुनेले
काममा हर्दम नलागेको राम्रो

1 comments:

naveen said...

~ if truth be told you are gud novelist..and your this ‘Kavita’ strokes each one’s spirit …
Frend. the tragedy of life is not that it ends so soon, but that we wait so long to begin it….any way I luvd the mode u thought…u became visible n…u pointed to….!!