Pages

Friday, July 9

कबिता ४

तिम्रो काख बहेक अर्को सुख मलाई चाहिदैन
तिमीले विश्वाश गरे जित्न बाँकी केही रहदैन
तिमी नै हौ उजेलीको घाम
तिमी नै हौ अँधेरीमा जून
तिमी साथ भए पाउनु अरु केही छदै छैन
तिमीले विश्वाश गरे जित्न बाँकी केही रहदैन

खडेरीमा बियोगमा झरी बनी झर्ने तिमी
एकान्तमा सुनसानमा बतास सरी बहने तिमी
पिडा हुँदा मुस्कानसँगै स्नेहको लेप दिने
अघी बढ्न हौसला र शाहशले भरी दिने
प्रेमको अमृत घडा तिमीलाई दियो कसले
तिम्रो काख माथि खेल्न मलाई पठाईदियो जसले
तिमी भए साथ मेरो अर्को इश चाहिदैन
तिमीले विश्वाश गरे जित्न बाँकी केही रहदैन

अन्यौलमा आशा बनी नयाँ दृष्‍टि रोप्ने तिमी
आपत्तिमा भरोशाको सुन्दर कला खोप्ने तिमी
सुरक्षाको कवज बेरी सपनाको बिज रोप्ने
ममताको जल छरी हराभरा फूलाईदिने
प्रेम को हे पूजारी अमर बिद्या दियो कसले
मेरो निम्ती तिमीलाई धर्तीमा पठायो जसले
तिमी नै हौ आट र उर्जा
तिमी नै हौ आस्था भरोसा
तिम्रो छाती भन्दा ठुलो संसारमा केही छैन
तिमीले विश्वाश गरे जित्न बाँकी केही रहदैन

0 comments: