Pages

Thursday, July 1

गजल ३

तिम्रो प्रेमको सुधा पान गरी तिम्रै नशामा लट्ठ भए म
पिलाउदै गयौ पिउदै गए गहिरिदै गयौ डुब्दै गए म

पलपल तिमी छातीमा डुल्छौ छातीमा बसी मुटु सँग बोल्छौ
मुटुमा बसी नशामा बहने तिमीले भुले कहाँ पो रहे म

म कल्पनाको सागरमा डुब्छु तिम्रो प्रेमको तरङमा बहन्छु
मलाई खुशी रङ देउ प्रिय तानिएर तिमीसम्म आए म

0 comments: