Pages

Sunday, June 27

मैले भगवान पुकारें

मैले भगवान पुकारें तिमी आईदियौ
सायद यही हो जीवन आशीर्वाद

आत्मा आत्माको मेल यो अटुट प्रेम बन्धन
ईश्वर रच्दैछन् त्यही चित्र म बनिरहेंछु

जीवन अमृतधारा तिमी मेरो साहारा
तिम्रै नयन भित्र आकार लिइरहेंछु

मैले सपना कोरें रंग भरिदियौ
सायद यही हो जीवन आशीर्वाद ।

मैले सरस्वती पुकारें तिमी आईदियौ
सायद यही हो जीवन आशीर्वाद

0 comments: