Pages

Sunday, June 20

गजल-१

पोखिनलाई अलिकती कोल्टे त पर्नै पर्छ
भरिनलाई अन्जुली अगाडि सर्नै पर्छ

भिन्न जीवन, भिन्न सपना एक साथ समेटेर
अटाउन छातीभित्र अंगालो खोल्नै पर्छ

सानो तिनो हावा हुरी बतास र बर्से झरी
केहीले नछुटाउने समझदारि हुनै पर्छ

प्रेम नै हो जीवन को उर्ज खुशी सफलता
साथसाथ अनन्त काल यात्रा तय गर्नै पर्छ

0 comments: