Pages

Friday, August 21

आइदेउ

तिमी हरएको छौ
अनी
म आतिएकी छु यति बेला

हरेक दिन सुर्योदय सँगै
म तिम्रो खोज अभियानमा हुन्छु
कही कतै फेला नपार्दा
म रित्तिएकी छु यति बेला
यसरी तिमी हराउनु मेरो निम्ति घातक छ
म कसरी बाचौला तिमी बिना लामो समय ?
कम्तिमा देख्न मात्र पाए शरीरमा उर्जा आउथ्यो
सिर्जनाले प्राण पाउथ्यो
दैनिकीमा जिवन्तता छाउथ्यो

तिमी गुप्त बासमा छौ
अनि
म निशसिएकी छु यति बेला

आइदेउ सारा छट्पटिको अन्त्य बोकेर
असमझ्दारीको बँध तोडेर
आइदेउ हामी धेरै कुरा गरौला
एक अर्कालाई खुलस्त चिनौला
घाउका पाप्रा उप्काउला
रित्तिएका मन भरौला

आइदेउ

0 comments: